
काठमाडौँ । मन्त्री उपस्थित नभएका कारण प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा मन्त्री नआउँदा ढिलाइ भएको एक सांसदले जानकारी दिए ।
प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न कम्तीमा सरकारका एक जना मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ । आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गठनका लागि सभामुखले सदस्यहरूको नाम चयन गर्ने लगायतका कार्यसूची रहेको छ ।