२०८१ माघ ३, बिहिवार , ०६:३९:२५ बजे

Sajhamanch
'

बाढी, पहिरोलगायतका विपद‍्मा १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता

मङ्गलवार, साउन १५, २०८१

काठमाडौँ । गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद‍्मा परी १४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढीपहिरोलगायत विपद‍्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो ।

अहिलेसम्म काठमाडौँ उपत्यकामा ९, कोशी प्रदेशमा ३५, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १६१ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यकामा ३, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ७१ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरामा परी कोशी प्रदेशमा २, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा २ र कर्णाली प्रदेशमा १ जना गरी ४७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ ।

बाढीका कारण जम्मा १८४ घर डुबानमा परेका छन् । २४१ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६०८ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ४२ घरपरिवार विस्थापित भएका कार्कीले जानकारी दिए ।

सम्बन्धित खबर