बिर्तामोड । झापा अर्जुनधाराका डक्टर कृष्णप्रसाद ओलीलाई सरकारले चीनका लागि नेपाली राजदूतका रुपमा पठाउने भएको छ । मन्त्रिपरिषद्को बैठकले ओलीलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । ओली हाल प्रकृति संरक्षण कोषका अध्यक्ष हुन् ।
झापा अर्जुनधारा ८ का ओली वातावरण कानुनसम्बन्धी जानकार हुन् । आइयुनसिएन, इसिमोडजस्ता अन्तर्राष्ट्रिय संघसंस्थामा काम गरेका थिए ।
उनी चीनको सिचुवान युनिभर्सिटीका भिजिटिङ प्रोफेसरको रुपमा पनि लामो समय काम गरेका व्यक्ति हुन् । राजदूत सिफारिस भएका ओलीसँग विगतमा योजना आयोगको सदस्यको रुपमा पनि काम गरिसकेको अनुभव छ ।