२०८१ असोज १, मङ्गलवार , ०१:२३:१० बजे

Sajhamanch
'

लेडी गागाले फ्रान्सेली प्रधानमन्त्रीलाई चिनाइन् मंगेतर

मङ्गलवार, साउन १५, २०८१

हलिउड स्टार लेडी गागा पेरिस ओलम्पिकको क्रममा गायिकाले चार वर्षदेखिका प्रेमी माइकल पोलान्सकीलाई फ्रान्सेली प्रधानमन्त्री ग्रेबियल एटलसँग आफ्नो ‘फियोन्से’ (मंगेतर)को रुपमा परिचय गराएकी थिइन् ।लेडी गागाले आइतबार ओलम्पिकको पौडी प्रतियोगिताको क्रममा प्रधानमन्त्रीलाई भेटेकी थिइन् । प्रधानमन्त्रीको टिकटकमा उक्त भिडियो पोस्ट गरिएको छ ।पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोहमा प्रस्तुति दिन फ्रान्स पुगेकी लेडी गागा सप्ताहन्तदेखि नै पेरिसमा छिन् । सीएनएनले यसबारे समाचार लेखेको छ ।लेडी गागा र प्रविधि उद्यमी समेत रहेका पोलान्सकी सन् २०२० मा सुपर बाउल सप्ताहन्तमा भेटिएका थिए । उनीहरुले त्यतिबेलाको रोमान्स इन्स्टाग्राममा सार्वजनिक गरेका थिए ।

सम्बन्धलाई गोप्य राख्दै आएको यो जोडीले यसपटक भने खुलेरै सम्बन्धलाई चिनाइरहेको छ । गागाले बेलाबेलामा पोलान्स्कीसँगका फोटो सार्वजनिक गर्दै आइरहेकी छिन् ।एजेन्सी

सम्बन्धित खबर