२०८१ पौष २१, आइतवार , ०७:३०:१७ बजे

Sajhamanch
'

झापाका ‘भद्रगोल’ निजी विद्यालय सुधारको माग गर्दै ज्ञापन पत्र पेश

सोमवार, साउन १४, २०८१

भद्रपुर । ‘भद्रगोल’ स्थितिबाट गुज्रिरहेका संस्थागत विद्यालयले सञ्चालन गरेका विद्यमान कानून विपरीतका गतिविधि नियन्त्रणको माग गर्दै ज्ञापन पत्र पेश गरिएको छ ।

निजी विद्यालय पीडित शिक्षक संघर्ष समिति झापाले उक्त शैलीमा चलिरहेका निजी विद्यालयहरुलाई नियम संगत बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय झापा, श्रम तथा रोजगार कार्यालय, भद्रपुर नगरपालिका र शिक्षा विकास समन्वय इकाई झापालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

समितिका संयोजक नितेश सिंह नेतृत्वको प्रताडित शिक्षक तथा कर्मचारी टोलीले सरोकारवाला कार्यालयमा ज्ञापनपत्र बुझाएको जनाइएको छ ।

पछिल्लोसमय झापाका अधिकांश निजी विद्यालयले श्रम ऐनमा प्रष्ट लेखिएको दरबन्दी सिर्जना प्रक्रिया उल्लंघन गर्दै स्थायी र अस्थायी दरबन्दी एउटा पनि कार्यान्वयन गरेका छैनन् ।

केहीलाई करार र अधिकांशलाई दैनिक ज्यालादारी कामदार बनाएर शिक्षक र कर्मचारीमाथि शोषण गरी वर्षौदेखि कानूनलाई चुनौति दिइएको समितिले हस्तान्तरण गरेको सो पत्रमा उल्लेख छ ।

नियमनकारी सरकारी निकायले समेत यसप्रति चासो नदिएपछि पीडित शिक्षक तथा कर्मचारी संघर्षका कार्यक्रम अघि बढाउन बाध्य बन्ने स्थिति आएको बताइएको छ ।