
काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले उम्मेदवारी दिएकी छन् ।
यसअघि समितिकी सभापति आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि पद रिक्त रहेको थियो । सोमबार थापाले उम्मेदवारी दर्ता गराउँदा कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र एमालेका सूर्यप्रसाद ढकाल समर्थक रहेका छन् ।
रुकुम पूर्व घर भएकी थापा महामन्त्री गगन थापा निकट हुन् । उक्त समितिको सभापतिमा अर्को उम्मेदवारी नपरेमा उनी सर्वसम्मत सभापति चयन हुनेछिन् ।