२०८१ पौष २७, शनिवार , ०२:३२:५८ बजे

Sajhamanch
'

शेयर बजारमा दोस्रो ‘सर्किट ब्रेकु’ नेप्से २७०० विन्दु नजिक

आइतवार, साउन १३, २०८१

काठमाडौं । शेयर बजारमा दोस्रो सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । दोस्रो पटक ‘सर्किट ब्रेक’ लागेसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ ।

आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसको २० मिनेटपछि फेरि खुलेको शेयर बजार ५ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो ।

नेपाल राष्ट्र बैंकले गएको शुक्रवार मौद्रिक नीति ल्याएको थियो । मौद्रिक नीतिपछि आज शेयर बजारमा ‘सर्किट ब्रेक’ लागेको हो । शेयर बजार अहिले १२९ अङ्कले बढेर २ हजार ६९७ विन्दुमा पुगेर रोकिएको छ ।

अहिले कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ ।

त्यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था छ ।

सम्बन्धित खबर