२०८१ भदौ २३, आइतवार , १०:००:२३ बजे

Sajhamanch
'

कमल र चुलाचुलीका प्रमुख प्रशासकीय अधिकृतहरु साटासाट !

शनिवार, साउन १२, २०८१

कमल । झापाको कमल गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत राजकुमार शाक्यलाई बिदाई गरिएको छ भने केशवकुमार ढकाललाई स्वागत गरिएको छ ।

दुई वर्षदेखि कमल गाउँपालिकामा प्रमुख प्रसाशकीय  अधिकृतको रुपमा कार्यरत शाक्य इलामको चुलाचुली गाउँपालिकामा सरुवा भएका हुन् ।

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत केशवकुमार ढकाल कमल गाउँपालिकामा प्रमुख प्रसाशकीय अधिकृत बनेर आएका छन् ।

 सरुवा भई जाने अधिकृत शाक्य र सरुवा भई आएका अधिकृत ढकाललाई फेरि भेटौला कार्यक्रम गरी गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा  कर्मचारीहरुले विदाई र स्वागत गरेका हुन् ।