२०८१ भदौ २२, शनिवार , ०६:४१:३६ बजे

Sajhamanch
'

काठमाडौं विश्वविद्यालयले स्नातकमा पहिलोपटक डेटा साइन्स पढाउँदै

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । काठमाडौं विश्वविद्यालयले पहिलोपटक स्नातक तह (ब्याचलर) मा डेटा साइन्स (बीडीएस्सी) पढाउने भएको छ ।

विश्वविद्यालयको स्कूल अफ साइन्स अन्तर्गतको गणित विभागका अनुसार उक्त विषयको अध्ययनका लागि भर्ना फारम खोलिएको छ । गणित विभागले आगामी शैक्षिक सत्रदेखि नै चार वर्षे बीडीएस्सीको अध्यापन सुरु गर्ने जनाएको छ ।

पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा भएको तीव्र विकाससँगै आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न बीडीएस्सीको अध्ययनअध्यापन सुरु गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।

सम्बन्धित खबर