२०८१ कार्तिक २, शुक्रवार , ०५:४८:५१ बजे

Sajhamanch
'

कीर्तिपुरका मेयर नकर्मीको अन्तिम बिदाइमा पुगे देउवा र उपप्रधानमन्त्री सिंह

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्न कीर्तिपूर पुगेका छन्।

सभापति देउवासहित उपप्रधानन तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह कीर्तिपुर नगरपालिका परिसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका हुन्।

नगरप्रमुख नकर्मीको उपचारको क्रममा गए राति ९ बजे वीर अस्पतालमा निधन भएको थियो। उनी लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित थिए।

नकर्मीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेबाट कीर्तिपुर नगरपालिकाको कार्यालय प्राङ्गणमा राखिएको छ। नगरपालिकाले आज एक सूचना जारी गरी शोक बिदा समेत दिएको छ।

सम्बन्धित खबर