२०८१ भदौ २३, आइतवार , ०३:३३:४१ बजे

Sajhamanch
'

हमासले बन्धक बनाएकामध्ये ५ जना इजरायलीको शव फेला

शुक्रवार, साउन ११, २०८१

इजरायली सेनाले दक्षिणी इजरायलमा विद्रोही समूह हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको छ ।बन्धक बनाइएका सैनिकसहित ५ नागरिकको शव फेला पारेको सेनाले जनाएको छ । गाजा पट्टीको मुख्य शहर खान युनिसमा आक्रमण गर्ने क्रममा ती शव फेला पारिएको सेनाको भनाइ रहेको बीबीसीले जनाएको छ ।

सेनाले यसअघि गएको वर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ ।इजरायली सेनाले दिएको जानकारीअनुसार बन्धक बनाएका दुई सय ५१ जनामध्ये एक सय ११ जना अझै हमासको हिरासतमा रहेका छन् । एजेन्सी

सम्बन्धित खबर