
काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न देशका राजदूतहरू नियुक्त गर्ने भनिएपनि त्यसबारे बिहीबारको बैठकमा छलफल नै हुन सकेन । कांग्रेस र एमालेका शीर्ष नेताबिच ११ देशमा राजदूत नियुक्ति गर्नेबारे छलफल भएपनि आन्तरिक गृहकार्य नपुगेकाले बिहीबारको बैठकमा राजदूत नियुक्तिको एजेण्डा नगएको एक मन्त्रीले बताए ।
‘राजदूत नियुक्तिबारे पर्याप्त गृहकार्य नभएकाले निर्णय हुन सकेन’, एक मन्त्रीले भने,‘अर्को बैठकबाट अघि बढ्ला ।’ यसअघि प्रधानमन्त्री केपी शर्मा ओली भारत र चीन दुई देशका लागि भएपनि राजदूत नियुक्ति सिफारिस गर्ने तयारीमा रहेका थिए ।