२०८१ भदौ २३, आइतवार , ०५:१४:४१ बजे

Sajhamanch
'

शेयर बजार ३२ अङ्कले बढ्यो, १४ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

बिहिवार, साउन १०, २०८१

काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ अङ्कले बढेर २ हजार ५६८ दशमलव ११ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, जलविद्युत्, लगानी र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज उपकार लघुवित्त, जीवन विकास लघुवित्त र एशियन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै ११ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन मितेरी विकास बैंकको शेयर भने साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ३२० वटा कम्पनीका ३ करोड ५५ लाख कित्ता शेयर १४ अर्ब १३ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको ३४ करोड १७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।