२०८२ भदौ ६, शुक्रवार , ०७:०५:०२ बजे

Sajhamanch
'

मेनपावर व्यवसायी विराटनगरको एक होटेलमा मृत भेटिए

बिहिवार, साउन १०, २०८१

विराटनगर । एक जना मेनपावर व्यवसायी विराटनगरमा मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका-६ घर भएका २८ वर्षीया राजीव फुयाँल आज बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका हुन् ।

होटेलको १०८ नम्बर कोठामा झुन्डिएको अवस्थामा उनको शव भेटिएको छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपीको नेतृत्वको टोली अनुसन्धानको लागि पुगेको छ ।

मृतक फुयाँल लामो समयदेखि मेनपावर सञ्चालन गरेर बसेको बुझिएको छ । उनले बिहीबार भारत हुँदै २५ जना युवालाई डेनमार्क पठाउने भनेर विराटनगर लिएर आएका थिए । उनी विराटनगरको नयाँ गुद्री अगाडि बसेका थिए भने विदेश जाने युवाहरू भने रानी क्षेत्रमा बसेका थिए ।

बिहान युवाहरूसँगै नआएपछि खोज्दै होटेलमा पुग्दा उनी मृत भेटिएका हुन् । एक जना डेनमार्क पठाएबापत उनले ७ लाख लाग्ने बताएका थिए । विदेश पढाउनुभन्दा अगाडि एक जनाबाट डेढ लाख लिएका थिए । बाँकी रकम विदेश पुगेपछि दिने भनिएको मुकेश कुमार पण्डितले बताए ।

सम्बन्धित खबर