काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विमान दुर्घटनामा घाइते भई उपचाररत् पाइलट मनिष शाक्यको स्वास्थ्य अवस्था बुझेका छन् ।
बुधबार राति काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पताल पुगेका उनले शाक्यको स्वास्थ्य स्थितिबारे चिकित्सकसँग जानकारी लिएका हुन् ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले घाइते क्याप्टेन शाक्यका परिवारसँग पनि कुराकानी गरेका थिए । जहाज दुर्घटनापछि घाइते अवस्थामा उद्धार गरिएका शाक्यको अपरान्ह मेरूदण्डको अपरेशन गरिएको थियो ।
उनको टाउको, खुट्टा लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका क्रममा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।