
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।
केहीबेर आकाशमा होल्ड गरेको भूटान एयरको जहाज अवतरण भएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ ।
घाइते भएका क्याप्टेनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।