२०८१ माघ १०, बिहिवार , ०६:५९:५१ बजे

Sajhamanch
'

विमान दुर्घटनापछि विमानस्थल बन्द, अन्तर्राष्ट्रिय उडानका विमान होल्ड र डाइभर्ट

बुधवार, साउन ९, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना भएपछि उडान र अवतरण प्रभावित भएको छ ।

सोही अनुसार ढाकाबाट काठमाडौं आउँदै गरेको विमान बंगलादेश एयरलाइन्सको बीबीसी ३७१ विमान सिमराको आकाशमा होल्ड भएर ‘डाइभर्ट’ गरिएको छ । यस्तै, थाइ एयरवेजको विमान भारतीय आकाशमा ‘होल्ड’ भएको छ ।

बिहार राज्यको सितामढी क्षेत्रको आकाशमा थाइ एयरवेजको टीजी ३१९ विमान होल्ड भएको हो । सो विमान बैंककबाट काठमाडौं आउँदै गरेको अवस्थामा बिचमै होल्ड हुन पुगेको हो ।

त्यस्तै, मलेसियाबाट काठमाडौं आउँदै गरेको मलेसियन एयरको विमान पनि भारतीय आकाशमै होल्ड भएर दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।

सम्बन्धित खबर