
काठमाडौं । सौर्य एयरलाइन्सको जहाजमा सवार २ जनाको शव भेटिएको छ ।
उद्धारकर्ताहरुले घटनास्थलमा २ जनाको शव फेला पारेका हुन् । जहाजमा सवारहरुमध्ये केहीलाई उद्धार गरी अस्पताल पठाइएको र अन्यको खोजी भइरहेको विमानस्थल प्रहरीले जनाएको छ ।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । सो विमान करिब ११ बजेतिर दुर्घटनामा परेको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज भूइँमा खसेको जनाइएको छ ।
दुर्घटनापछि विमानमा आगो लागेको थियो । उक्त विमानमा १९ जना सवार रहेका प्रारम्भिक विवरण प्राप्त भएको छ ।