२०८१ कार्तिक २, शुक्रवार , ०५:०८:३६ बजे

Sajhamanch
'

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले कुटपिटको धम्की दिएपछि सचिव भट्टराईले दिए प्रशासनमा उजुरी

मङ्गलवार, साउन ८, २०८१

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कुटपिट गर्ने धम्की दिएको भन्दै प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् ।

‘पहिला मातृका यादवले कर्मचारीलाई कुटेको कुरा थाहा नै होला । मान्छे ल्याएर तँलाई व्यवस्था गर्नु नपरोस् भन्दै उहाँले मलाई धम्क्याउनु भयो ।’, सचिव भट्टराईले भने ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सचिव भट्टराईले शान्ति सुरक्षाका लागि उजुरी दिएको पुष्टि गरे । प्रजिअ भट्टराईले पहिला सचिव भट्टराईलाई शान्ति सुरक्षाको व्यवस्था मिलाउने र त्यसपछि कानूनी प्रक्रिया अगाडि बढाउने बताए ।

उनले भने, ‘जस्तोसुकै मनमुटाव भए पनि मान्छेलाई कुट्छु भन्न पाइन्न । कानूनबमोजिम प्रक्रिया अगाडि बढ्छ ।’ कुटपिट गर्ने धम्की दिएको बारे पूर्वमुख्यमन्त्री कार्कीले आफू बैठकमा व्यस्त रहेकाले पछि कुरा गर्ने सञ्चारकर्मीलाई बताए ।

कार्की आफू मुख्यमन्त्री भएका बेला तय गरिएको खेलकुद प्रतियोगिताको बजेट निकासाका विषयमा सचिव भट्टराईसँग मनमुटाव भएको स्रोतको भनाई छ ।

सम्बन्धित खबर