२०८१ पौष २६, शुक्रवार , १२:४१:४८ बजे

Sajhamanch
'

विदेशमा पढ्न १ लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी

मङ्गलवार, साउन ८, २०८१

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/०८१ मा १ लाख १२ हजार भन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाको तथ्याङ्क अनुसार एक वर्षमा १ लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् । २०८० साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्म उक्त सङ्ख्यामा एनओसी जारी भएको हो ।

नेपालीहरूले विभिन्न ६६ देशमा अध्ययन गर्न जान १ लाख १२ हजार ५९३ जनाले एनओसी लिएका छन् । भने ९४ विषय अध्ययनका लागि १ लाख १२ हजार २६९ जनाले एनओसी लिएका छन् । नयाँ एनओसी जारी गर्दा पुरानो एनओसी पत्र रद्द हुने भएकाले देशगत र विषयगत तथ्याङ्क फरक पर्न गएको एनओसी शाखाले जनाएको छ ।

त्यसरी अध्ययनका लागि सबैभन्दा बढी जापान गएका छन् । जापानका लागि ३४ हजार ७३१ विद्यार्थीले एनओसी लिएका छन् । त्यस्तै दोस्रोमा क्यानडाका लागि रहेका छन् । क्यानडाका लागि १५ हजार ९८२ जनाले एनओसी लिएका छन् ।

त्यस्तै अस्ट्रेलियाका लागि १४,३७२, युकेका लागि १३,३३९, अमेरिकाका लागि ११,२६१ जना, कोरियाका लागि ६,८८९ जनाले एनओसी लिएका छन् ।

सबैभन्दा बढी जापानिज भाषा पढ्नका लागि एनओसी लिएका छन् । जसमा ३३ हजार ६९७ एनओसी जारी भएका छन् ।

त्यस्तै म्यानेजमेन्टका लागि २८,८९१, बिजनेसका लागि १०,०२९, हेल्थ पढ्नका लागि ४,१५९, साइन्स एन्ड टेक्नोलोजी पढ्न ४१०२ एनओसी जारी भएका छन् ।

सम्बन्धित खबर