२०८१ पौष ३, बुधवार , १०:५७:३४ बजे

Sajhamanch
'

जापानमा कम्पनीहरू टाट पल्टिने क्रम १० वर्षयताकै उच्च स्तरमा

सोमवार, साउन ७, २०८१

झापा । जापानमा कम्पनीहरू टाट पल्टिने क्रम १० वर्षयताकै उच्च स्तरमा पुगेको छ । बढ्दो लागत, श्रमको अभाव र आर्थिक सहयोगमा आएको कमीका कारण जापानमा कर्पोरेट कम्पनी टाट पल्टिने क्रम यो वर्षको ६ महिनामा २२ प्रतिशतले बढेर एक दशककै उच्च स्तरमा पुगेको क्रेडिट रिसर्च कम्पनीको सर्वेक्षणले देखाएको छ ।

जनवरीदेखि जुनसम्म टाट पल्टिने कम्पनीको सङ्ख्या ४ हजार ८८७ वटा पुगेको छ । यो सन् २०१४ यताकै उच्च रहेको टेइकोकु डाटा बैंकले आफ्नो पछिल्लो अनलाइन रिपोर्टमा उल्लेख गरेको छ ।

टाट पल्टिने उद्योगका आधारमा सेवा उद्योगमा सबैभन्दा बढी १ हजार २२८ रहेका छन् । त्यसपछि खुद्रा क्षेत्रको १ हजार २९ र निर्माणमा ९१७ रहेको तथ्याङ्कले देखाएको छ । यस अवधिमा साना तथा लघु उद्यमहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

जापानमा बढ्दो लागत र बढ्दो श्रमिक अभावको बीचमा येनको निरन्तर अवमूल्यनका कारण आर्थिक अवस्था थप जटिल भएको छ । जुन महिनामा मात्रै ८०७ वटा जापानी कम्पनीले लिलामी प्रक्रिया अघि बढाएका छन् ।