२०८१ कार्तिक २, शुक्रवार , १२:१३:२८ बजे

Sajhamanch
'

ओली नेतृत्वको सरकारलाई असफल हुने छुट छैन : महेश बर्तौला

सोमवार, साउन ७, २०८१

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले, वर्तमान सरकार सहज र सफल ढङ्गबाट अगाडि बढ्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, यात्राका क्रममा चुनौतीका धेरै ठुला अग्ला अग्ला पहाडहरू भए पनि सक्षम, दूरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘चुनौतीका धेरै ठुला अग्ला अग्ला पहाडहरू छन् । यात्राका क्रममा विभिन्न बाधाहरू आउन सक्छन् । तर सक्षम, दूरदर्शी र दृढ पाइलाको कारणले गर्दा सरकार सहज ढङ्गले अगाडि बढ्ने छ । सफल ढङ्गबाट यो अगाडि बढ्छ ।’

उनले सरकार सफल ढङ्गबाट अगाडि बढ्ने सिङ्गो देशको अपेक्षा रहेको कारण सरकारलाई असफल हुने कुनै छुट नरहेको पनि बताए ।

उनले भने, ‘म शुभकामना दिन चाहन्छु र यो सरकारलाई असफल हुने कुनै छुट छैन । त्यसकारण सफल ढङ्गबाट अगाडि बढ्ने छ भनेर सिङ्गो देश बासिले अपेक्षा राखेका छन् ।’

सम्बन्धित खबर