२०८१ कार्तिक २, शुक्रवार , १०:०१:३७ बजे

Sajhamanch
'

टर्कीमा ऐतिहासिक र सांस्कृतिक कलाकृति स्वदेश फिर्ता ल्याउने अभियान तीव्र

सोमवार, साउन ७, २०८१

झापा । टर्कीले विभिन्न माध्यमबाट विदेशमा पुगेका ऐतिहासिक र सांस्कृतिक कलाकृति स्वदेश फिर्ता ल्याउने अभियान तीव्र बनाएको छ । टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले सन् २००२ देखि अहिलेसम्म १२ हजार १३९ वटा ऐतिहासिक कलाकृति स्वदेश फर्काइएको जनाएको छ ।

सन् २०१८ देखि मात्रै ७ हजार ८२३ वटा कलाकृति ल्याएर पुरातत्त्व कार्यालयको जिम्मा लगाइएको मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय अखबार डेली सबाहले जनाएको छ । धेरैजसो कलाकृतिहरू बेलायत, इटाली र संयुक्त राज्य अमेरिकालगायत पश्चिमी देशहरूबाट फिर्ता ल्याइएको छ । केही कलाकृति चोरी भएर र केही किनबेचका क्रममा विश्वका विभिन्न क्षेत्रमा पुगेका थिए ।

सन् २०११ मा न्युयोर्कमा एक सम्राटको मूर्ति अवैध रूपमा रहेको पत्ता लागेको थियो र पछि टर्कीमा फिर्ता गरिएको थियो ।

सम्बन्धित खबर