२०८२ भदौ २९, आइतवार , ०९:५०:१८ बजे

Sajhamanch
'

शिक्षा र राजनीति नजोडिँदा आवश्यक सुधार हुन सकेन : मन्त्री भट्टराई

सोमवार, साउन ७, २०८१

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र राजनीतिलाई जोड्न नसक्दा शिक्षामा हुनुपर्ने सुधार नभएको बताएकी छिन ।सोमबार ललितपुरमा भएको ‘इम्पावरिङ वुमन जर्नलिस्ट थ्रु क्यापासिटी बिल्डिङ इन पोलिटिकल रेपोर्टिङ’ कार्यक्रममा मन्त्री भट्टराईले शिक्षा दलसँग जोडिएको तर राजनीतिसँग नजोदिँदा सुधार हुन नसकेको बताएकी हुन् ।

‘सुधारको लागि राजनीति र शिक्षा जोडिनु पर्थ्यो तर शिक्षा र दलसँग जोडियो, राजनीति र शिक्षा जोडिएन’, उनले भनिन्, ‘जसले आवश्यक सुधार हुन सकेको छैन ।’ मन्त्री भट्टराईले शिक्षा र प्रविधि नजोडिँदा थप चुनौती बढेकोसमेत बताइन् ।

त्यसका लागि पाठ्यक्रम परिमार्जन गर्नुपर्ने र आजको आवश्यकता अनुसारको प्रविधिसँग जोडिने गरी समावेशी पाठ्यक्रम परिमार्जन गर्न अध्ययन भइरहेको भन्दै सुझाव समेत माग गरिन् ।

सम्बन्धित खबर