
काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले राष्ट्रिय परिचयपत्रको व्यवस्था हटाउन माग गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले ६०, ६५ वर्ष नाघेका व्यक्तिहरूलाई राष्ट्रिय परिचयपत्र दिइराख्नुपर्ने अवस्था नभएको भन्दै जसको आयु लामो छ उनीहरूलाई मात्र दिने व्यवस्था गर्न माग गरे ।
‘जसलाई बृद्ध भत्ता मात्र लिनु छ भने ती मान्छेहरूलाई राष्ट्रिय परिचयपत्र दिन किन जोड गर्नुपर्यो ?’, पन्तको प्रश्न छ । उनले परिचयपत्रका कारण धेरै अप्ठेरो भएको भनेर गुनासो आएको भन्दै गृह मन्त्रालयले सच्चाएको निर्णय नपुगेको भन्दै राष्ट्रिय परिचयपत्र हटाउन माग गर्दै ७० वर्षमाथिका मानिसलाई परिचय पत्र आवश्यक नभएको दाबी गरे ।