२०८१ कार्तिक २, शुक्रवार , १०:३६:५४ बजे

Sajhamanch
'

भद्रपुरमा ७७ जना गुरू सम्मानित

आइतवार, साउन ६, २०८१

भद्रपुर । भद्रपुर माविका पूर्व विद्यार्थीहरूले गुरू पूर्णिमाको अवसर पारेर शिक्षण सेवामा जीवन समर्पण गरेका ७७ जना गुरूहरूलाई सामूहिक रुपमा सम्मान गरेका छन् ।

२०५४ सालको एसएलसी समूहका विद्यार्थीहरूको सामूहिक प्रयासमा शिक्षण सम्बद्ध तीन पुस्तासम्मका गुरू र गुरूआमाहरूलाई सम्मान गरिएको हो ।

विसं २००२ सालमा स्थापना भएको भद्रपुर माविमा रहेर पठनपाठनमा जीवन समर्पण गरेका गुरू र गुरूमाहरूलाई झण्डै ३९ वर्षपछि पुनर्मिलन गराइ गुरू सम्मान गरिएको बताइएको छ ।

साथी सुखमा पनि दुःखमा पनि नामक संस्थाले गरेको कार्यक्रममा भद्रपुरका १० वटा विद्यालयबाट दिवंगत गुरूका प्रतिनिधिसहित ७७ जना गुरूहरूको सहभागिता थियो ।

छरिएर रहेका सेवानिवृत्त शिक्षकहरूले सो कार्यक्रमको माध्यमबाट सहकर्मी साथीहरूसँग भेट गर्ने अवसर समेत पाएका थिए । त्यसक्रममा गुरूहरूका पनि गुरूको उपस्थिति थियो ।

सम्बन्धित खबर