२०८१ भदौ २३, आइतवार , ०४:५७:२० बजे

Sajhamanch
'

बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई नेपाल ल्याइँदै

आइतवार, साउन ६, २०८१

काठमाडौं । बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई नेपाल ल्याइँदै छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार त्यहाँ अध्ययनरत करिब ८०० विद्यार्थीलाई हवाई वा स्थलमार्ग हुँदै नेपाल ल्याइन लागेको हो ।ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थललगायत अन्य सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरिरहेको छ ।

हामीले बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानुन प्रवर्तन एजेन्सीहरूसँग नजिकबाट समन्वय गर्दै आएका छौँ, परराष्टमन्त्री राणाले भनिन् ।

मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका निम्ति ‘हेल्प डेस्क’ समेत स्थापना गरेको छ ।मन्त्रालयले शनिबार एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको छ ।

सम्बन्धित खबर