झापा । भारतको मनगाउँ जिल्लास्थित एक झर्नाबाट झरेर एक २७ वर्षिया युवतीको मृत्यु भएको छ ।
इन्स्टाग्राम रिल्स बनाउने क्रममा चर्चित भारतीय इन्फ्लुएन्सर आन्भी कामदारको मृत्यु भएको हो । रिल्स बनाउने क्रममा उनी झरनाबाट चिप्लिएर खसेकी थिइन् ।
सहयाद्री वाइल्डलाइफ कन्जरभेसन सोसाइटीका उद्दारकर्ताले उनको उद्दार गरेका थिए । उद्दार गर्दासम्म उनी जीवितै थिइन् । तर, अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जनाइएको छ ।
रिल्स बनाउन उनी ७ जना साथीसहित मनगाउँ जिल्लाको कुम्बे झरनामा गएकी थिइन् । उनलाई इन्स्टाग्राममा पछ्याउनको संख्या दुई लाख ६० हजार छ । उनले पर्यटन प्रवर्धन गर्ने विषयमा रिल्स बनाउने गर्थिन् ।
उनी डेलाइट नामक प्रविधि कम्पनीमा चार्टर एकाउन्टेन्टको रुपमा पनि कार्यरत थिइन् ।