२०८१ कार्तिक २, शुक्रवार , ०१:४४:०५ बजे

Sajhamanch
'

साउन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय

बिहिवार, साउन ३, २०८१

काठमाडौं । आगामी साउन १५ गतेको अवधिमा ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निर्णय भएको छ । सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको छलफलमा ६ वटा बैठक सञ्चालन गर्ने र ती बैठकलाई प्रभावकारी बनाउने समझदारी जुटेको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार साउन ६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिनेछन् । सो दिनसहित लगातार साउन ७ र ८ गते पनि बैठक बस्नेछ । त्यसपछि भने ९, १० र ११ गते संसदीय समितिको बैठक बस्नका लागि समय प्रधान गरिने जानकारी दिँदै बर्तौलाले १३, १४ र १५ गते फेरि संसद् बैठक बस्नेगरी बिहीबारको बैठकमा समझदारी जुटाइएको बताए ।

यस्तै ६ वटा वैठकमा कुन विधेयकहरु कुन दिन पेश गर्ने भनेर प्राथमिकता पनि तय गरिएको जानकारी दिँदै शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णयलाई अनुमोदन गरेर अघि बढिने जानकारी दिए । ‘भोलि १ बजे कार्यव्यवस्थाको बैठक बस्छ । त्यो बैठकले निर्णयहरु अनुमोदन गर्छौँ’, उनले भने ।

यस्तै समितिका २ सभापति मन्त्री भइसके पनि रिक्त रहेका पदमा चाँडो पूर्णता दिन सम्बन्धित दललाई आग्रह गर्नेबारे पनि बैठकमा छलफल भएको छ ।

सम्बन्धित खबर