२०८१ माघ ६, आइतवार , ०३:१४:४१ बजे

Sajhamanch
'

एकै वर्षमा ७ लाख युवा बिदेशिए, रोजगारीका लागि ९१ देश पुगे

बिहिवार, साउन ३, २०८१

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ५४ हजार युवा बैदेशिक रोजगारीको खोजीमा ९१ देश पुगेका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा सात लाख २४ हजार पुरुष र ३० हजारभन्दा बढी महिला वैदेशिक रोजगारीमा गएका छन्।

गत आर्थिक वर्षको असारमा मात्र ७० हजारभन्दा बढी नेपाली बिदेशिएको विभागको तथ्यांकमा छ। विभागले यस बर्षको सबै तथ्यांक सार्वजनिक गर्न बाँकी छ।

असारसहित सबै तथ्यांक संकलन गर्न काम भइरहेका कारण विदेशीनेको संख्या थपघट भएर आउनसक्ने विभागले जनाएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ जना, भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२ जना र मंसिरमा ६८ हजार २०१ जना वैदेशिक रोजगारीमा गएका थिए।

यस्तै, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७ फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, वैशाखमा ७० हजार ६३७ जना र जेठमा ७२ हजार ८६१ जना वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ।

यसैगरी वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी ७ लाख ७१ हजार युवाले विदेश जान श्रमस्वीकृति जारी भएको थियो। अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए।

उनका अनुसार देशभित्र रोजगारी सिर्जना, स्वदेशमा केही गर्ने नेपालीको संख्या बढेका कारण पनि विदेशीने युवाको संख्या गत आर्थिक बर्षमा घटेको हो। तथ्याक संकलन गर्ने काम भइरहेका कारण केही संख्या बढेर आउने उनको भनाइ छ।

सम्बन्धित खबर