२०८१ कार्तिक ३, शनिवार , ०६:५५:२४ बजे

Sajhamanch
'

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण, चुनावी अभियान प्रभावित हुने

बिहिवार, साउन ३, २०८१

झापा । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ। राष्ट्रपति बाइडेनलाई कोरोनाको लक्षणसमेत देखिएको ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले जानकारी दिएका छन्।

उनका अनुसार बाइडेनलाई अब आफ्नै निवासमा कोठाभित्र आइसोलेसनमा राखिने छ । राष्ट्रपति बाइडेनले कोरोनाको खोप प्याक्सलोभिडको पहिलो डोज लिईसकेको बीबीसीले जनाएको छ ।

अमेरिकामा चुनावी गतिविधि चर्कीरहेको बेला बाइडेन कोरोना सङ्क्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुने भएको छ । ८१ वर्षीय बाइडेनमाथि उम्मेदवार नबन्न चर्को दबाव छ ।

सम्बन्धित खबर