२०८१ पौष २४, बुधवार , ०५:५९:५९ बजे

Sajhamanch
'

फ्रान्सको एउटा पानीजहाजबाट ४४ वटा कन्टेनर दक्षिण अफ्रिका नजिकै हरायो, खोजी चल्दै

बिहिवार, साउन ३, २०८१

गएको हप्ता फ्रान्सको एउटा पानीजहाजबाट ४४ वटा कन्टेनर दक्षिण अफ्रिका नजिकै समुद्रमा हराएपछि खोजी भइरहेको छ । दक्षिण अफ्रिकाको पूर्वी तटमा खोजी भइरहेको हो ।दक्षिण अफ्रिकी सामुद्रिक सुरक्षा प्राधिकरणले एशियाबाट फ्रान्सको उत्तरी क्षेत्र हाभ्रेतर्फ गइरहेको जहाजले जुलाई ९ मा दक्षिण अफ्रिकी डरबन नजिकै हिन्द महासागरमा खराब मौसमको सामना गर्नुपरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता तेबोगे रामातजीले कन्टेनरहरू पत्ता लगाउन यो क्षेत्रको हवाई सर्वेक्षण भइरहेको र अन्य जहाजहरूलाई खोजी गर्न भनिएको बताउनुभयो । गएको हप्ता दक्षिण अफ्रिकाको समुद्री तट केप अफ गुड होपमा ठुलो आँधीले ढुवानीलाई अवरोध गरेको थियो ।यमनको हुथी विद्रोहीहरूको खतराका कारण जहाजहरू लाल सागरको मार्गबाट बच्न खोज्दा समुद्री तटबाट ढुवानीको सङ्ख्या बढ्न थालेको छ ।

सम्बन्धित खबर