२०८१ कार्तिक ३, शनिवार , ०२:४४:५४ बजे

Sajhamanch
'

जापानमा प्राविधिक कामदार पठाउने संस्थालाई सूचीकरण हुन आह्वान

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । वैदेशिक रोजगार विभागले जापानमा नेपाली प्राविधिक अभ्यासार्थी पठाउने संस्थाहरूलाई सूचीकृत हुन आह्वान गरेको छ । महानिर्देशक स्तरीय निर्णयबाट सूचीकृत हुन चाहने संस्थालाई निवेदन दिन आह्वान गरिएको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूले निवेदन दिन सकिने विभागले जनाएको छ ।

नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ (दोस्रो संशोधन २०७१) को दफा १६ को उपदफा (२) तथा (३) बमोजिम सूचीकृत हुनको लागि १५ दिनभित्र विभागमा निवेदन दिन अनुरोध गरिएको हो ।

यसअघि सूचिकृत भई नवीकरण बहाल रहेका इजाजतपत्रवाला संस्थाहरूले पुनः सूचीकृत हुनु नपर्ने विभागले जनाएको छ ।

सम्बन्धित खबर