२०८१ मंसिर १०, सोमवार , ०९:४५:५६ बजे

Sajhamanch
'

दक्षिण अफ्रिकाको जङ्गलमा लागेको डढेलोमा ६ जना अग्नि नियन्त्रकसहित १४ जनाको ज्यान गयो

मङ्गलवार, साउन १, २०८१

पूर्वी दक्षिण अफ्रिका जङ्गलमा लागेको डढेलोमा फसेर छ जना अग्नि नियन्त्रकको ज्यान गएको छ । योसँगै क्वाजुलु–नाताल प्रान्तमा एक हप्ताभन्दा बढी समयसम्म लागेको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । केही घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

पिटरमारिट्जबर्ग शहरबाट झन्डै ४० किलोमिटर टाढा शिकारीले शुरु गरेको आगोबाट डढेलो फैलिएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । प्रतिकूल मौसमका कारण आगो निभाउन समस्या भइरहेको छ । सुक्खा, तातो र हावाको अवस्थाका कारण आगलागीको जोखिमको चेतावनीका बीच जुलाई ६ यता क्वाजुलु–नातालका विभिन्न भागमा डढेलो लागेको छ । एजेन्सी

सम्बन्धित खबर