२०८१ माघ १९, शनिवार , ११:१०:०२ बजे

Sajhamanch
'

अफगानिस्तानमा दादुरा सङ्क्रमणबाट ६ महिनामै १६० जनाको ज्यान गयो

सोमवार, असार ३१, २०८१

झापा । अफगानिस्तानमा पछिल्लो ६ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

डब्ल्यूएचओको प्रतिवेदनअनुसार जनवरीदेखि जुलाईसम्मको ६ महिनामा ३६ हजार ६१८ जनामा दादुरा सङ्क्रमण पुष्टि भएकोमा १६० जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमध्ये ८१ प्रतिशतभन्दा धेरै ५ वर्षमुनिका बालबालिका रहेका छन् । धेरैजसो घटनाहरू पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा रेकर्ड गरिएका छन् ।

दादुराबारे चेतनाको अभाव, स्वास्थ्य सुविधामा पहुँचको अभाव, बालबालिकालाई खोप नदिने र अफगानिस्तानका केही दुर्गम क्षेत्रहरूमा अफगानीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने कारकहरू रहेका डब्ल्यूएचओको प्रतिवेदनमा भनिएको छ ।