२०८१ कार्तिक ३, शनिवार , १२:२६:३० बजे

Sajhamanch
'

इजरायली सेनाको पछिल्लो आक्रमणमा हमासका कमाण्डर मारिएको दाबी

सोमवार, असार ३१, २०८१

झापा । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ । अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा मारिएको इजरायलले दाबी गरेको हो । तर हमासले भने यसको पुष्टि नगरेको बीबीसीले जनाएको छ ।

सेनाले गएको अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणको मुख्य योजनाकार सलामा रहेको बताएको छ । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको खान युनिसमा सहायताका लागि बसेका थुप्रै नागरिक रहेको शरणार्थी शिविरमा आक्रमण गरेको जनाएको छ ।

यो आक्रमणमा आक्रमणमा ११४ प्यालेस्टाइनी मारिएको र चार सय जना घाइते भएका मन्त्रालयले दाबी गरेको छ । इजरायलले हमासका वरिष्ठ नेता निशाना बनाएको भन्दै आएको छ । तर हमास नेताले इजरायलले नागरिकलाई निशाना बनाएको आरोप लगाएका छन् ।

सम्बन्धित खबर