२०८१ कार्तिक ३, शनिवार , १०:२१:३७ बजे

Sajhamanch
'

अमेरिकाको राजनीतिक वातावरणमा धेरै तापक्रम आवश्यक छैन : राष्ट्रपति बाइडेन

सोमवार, असार ३१, २०८१

झापा । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको राजनीतिक वातावरणमा धेरै तापक्रम आवश्यक नरहेको बताएका छन् । आउँदो चुनावमा उनका प्रतिद्वन्द्वी तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हानेको घटनापछि वाइडेनले नागरिक सम्बोधन गर्दै अमेरिकी राजनीतिक वातावरणमा उछाल ल्याउन नहुने बताएका हुन ।

ह्याइटहाउसको ओभलबाट मन्तव्य दिँदै बाइडेनले राजनीतिमा शक्तिका बिचमा सधैँ तनाव र मनमुटाब रहनु आवश्यक नरहेको बताए। अमेरिकाको राजनीति शान्तिपूर्ण हुनुपर्ने उनको भनाइ छ । उनले अमेरिकामा प्रजातन्त्र कागजमा र भनिने कुरामा मात्र सीमित नगरेर व्यवहारमा लागू गर्नुपर्ने विषय भएकोमा जोड दिए।

हिजो ट्रम्पलाई गोली हान्ने २० वर्षीय थोमस क्रक्सको सुरक्षाकर्मीको गोलीबाट ज्यान गइसकेको छ ।

सम्बन्धित खबर