२०८१ पौष २६, शुक्रवार , ०५:१८:०९ बजे

Sajhamanch
'

एमाले उपाध्यक्ष पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित

आइतवार, असार ३०, २०८१

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित भएको छ ।

स्रोतका अनुसार अध्यक्ष ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने लगभग निश्चित भएको छ । जसमा एमाले र कांग्रेसका एक–एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् ।

दुई ठूला दलबाट एक–एकजना उपप्रधानमन्त्री राख्ने सहमति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको जनाइएको छ ।

विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी पाउने निश्चित झैं भएको छ भने एमालेबाट बन्ने अन्य मन्त्रीको टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।

सरकारमा सहभागी हुने दलहरूको टुङ्गो लागेपछिमात्र कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने टुंगो लाग्ने जनाइएको छ ।

कांग्रेस एमालेबाहेकका साना दललाई अहिले नै सरकारमा समेट्ने वा केही दिनपछि भन्ने शीर्ष नेताहरूबीच छलफल जारी भएकाले सोही अनुसार निर्णय हुने बताइएको छ ।

एमालेबाहेकका दलहरू राप्रपा, जसपा, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत नयाँ सत्ता समीकरणप्रति सकारात्मक छन् । यी दलमध्ये राप्रपाले सरकारमा जाने या नजाने भन्नेबारे निर्णय गरिसकेको छैन ।

अरू दलले भने सरकारमै जाने संकेत गरिसकेका छन् ।

सम्बन्धित खबर