२०८१ कार्तिक ३, शनिवार , ११:२७:४६ बजे

Sajhamanch
'

अफगानिस्तानमा सडक दुर्घटना, ६ जनाको मृत्यु

आइतवार, असार ३०, २०८१

झापा । उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएका छन् । प्रान्तको डान्ड घोरी जिल्लामा सो दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ। शनिबार एक सैन्य गाडी यात्रु कारसँग ठोक्किदा घातक दुर्घटना भएको प्रहरीको भनाई छ ।

त्यसैगरी, प्रान्तको राजधानी पुल–ए–खुमरी सहरको हुसेनखैल क्षेत्रमा पनि शनिबार राति मोटरसाइकल र गाडी ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। अफगानिस्तानमा सडकको खराब अवस्था, लापरवाहीपूर्ण ड्राइभिङ, कठिन भौगोलिक अवस्था , तीव्र गतिलगायतका कारण सडक दुर्घटनाहरू सामान्य छन् ।

सम्बन्धित खबर