२०८१ कार्तिक ४, आइतवार , ०८:५८:१३ बजे

Sajhamanch
'

सिमलताल बस दुर्घटना अपडेट : चितवन प्रशासन भन्छ दुईवटा बसमा ६५ जना यात्रु थिए

आइतवार, असार ३०, २०८१

चितवन । भरतपुर महानगरपालिका– २९ सिमलतालमा शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसमा जम्मा ६५ जना यात्रु रहेको विवरण प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज आइतबार बिहान सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जसमध्ये तीनजना यात्री मात्र सकुशल रहेका छन् ।

काठमाडौंदेखि गौर जाँदै गरेको गणपति डिलक्स बसमा टिकट काउन्टरको चलानमा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तहरूले दिएको विवरणका आधारमा उक्त बसमा थप ११ यात्रु रहेको खुलेको छ । ३८ जना यात्रु सवार रहेको सोही बसका तीन जना यात्रु सकुशल रहेका हुन् ।

त्यसैगरी वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल बसमा यात्रा गर्नेहरुको नाम चलानमा २३ जना र आफन्तहरू सम्पर्कमा आएर दिएको विवरणका आधारमा चार जना गरी कुल २७ जनाले यात्रा गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

दुवै बसमा ६५ जनााले यात्रा गरे पनि गणपति बसका तीन जना यात्रु सकुशल रहेका छन् । दुवै बससँगै ६२ जना हराइरहेकोमा आइतबार बिहानसम्म पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । दुईजनाको परिचय खुल्न बाँकी रहेको छ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार माडी नगपालिका-१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो ।

तीमध्ये तीनवटा शव हराइरहेका बसका यात्रुको भएको आफन्तहरूले चिनेर सनाखत गरेका छन् । भेटिएर सनाखत भएका तीन शवमध्ये एउटा एन्जल बसका यात्रुको हो । गणपति बसमा दुई र एन्जलमा सात गरी कुल ९ भाारतीय नागरिक पनि बसमा थिए । तीमध्ये एक जनाको माात्र शव फेला परेको छ ।

सम्बन्धित खबर