२०८१ पौष २६, शुक्रवार , १२:१९:४७ बजे

Sajhamanch
'

आमाको जन्मजयन्तीमा पत्रकार निरौलाद्वारा विद्यालयलाई सहयोग

आइतवार, असार ३०, २०८१

कनकाई । स्वर्गवासी आमाको जन्मजयन्तीका दिन पत्रकार रामप्रसाद निरौलाले कनकाई नगरपालिका वडा नं. ४ कोटीहवनमा रहेको संस्कृत विद्यालयलाई कार्पेट सहयोग गरेका छन् ।

कनकाई खबर साप्ताहिक र कनकाई खबर डटकमका सम्पादक निरौलाकी आमा हेमकला निरौलाको जन्मजयन्तीको अवसरमा कनकाई गायत्री विद्यापीठका लागि कार्पेट प्रदान गरेका हुन् ।

पत्रकार रामप्रसादसहित पिता टीकाराम, पत्नी शान्ता, छोरा सार्थक र छोरी समृद्धि निरौलासहितले कोटीहवन धार्मिक संस्थाका वरिष्ठ उपाध्यक्ष निर्मल खतिवडासहित पदाधिकारीहरुको उपस्थितिमा सामाग्री हस्तान्तरण गरेका थिए ।

विद्यापीठका अध्यक्ष एवम् कनकाई धाम धार्मिक विकास संस्था कोटीहवनका सचिव यामप्रसाद खतिवडा, प्रधानाध्यापक आचार्य योगेश खतिवडा लगायतलाई सामग्री प्रदान गरिएको पत्रकार निरौलाले जानकारी दिए ।

राष्ट्रगुरु योगी नरहरिनाथको सदिच्छाअनुरूप स्थापित संस्कृत विद्यापीठमा हाल ३७ जना विद्यार्थी अध्ययनरत छन् भने जसमध्ये १२ जना विद्यार्थी छात्राबासमा रहँदै आएका प्रधानाध्यापक खतिवडाले जनाएका छन् ।

सम्बन्धित खबर