२०८१ पौष २६, शुक्रवार , ०५:३८:४८ बजे

Sajhamanch
'

पानी धेरै परे आपत्कालीन अवस्था लागू गर्नुपर्छ : भूगर्भविद् डा. दाहाल

शुक्रवार, असार २८, २०८१

काठमाडौं । भूगर्भविद् डा. रञ्जनकुमार दाहालले भिरालो र पहिरोको जोखिम भएको जमिनमा २४ घण्टामा १५० मिलिमिटरभन्दा बढी पानी परेमा आपत्कालीन अवस्था लागू गर्नुपर्ने सुझाव दिएका छन् ।

त्रिभूवन विश्वविद्यालयका भू–विपद् विशेषज्ञ एवं अन्तर्राष्ट्रिय इञ्जिनियरिङ भू–विज्ञानका उपाध्यक्ष उनले विपद्को अवस्था हरेर आपत्कालीन अवस्था घोषणा नगरे अझै ठूलो जनधनको क्षति हुनसक्ने बताएका हुन् ।

डा.दाहालका अनुसार ठाडो काटिएका भिर अति जोखिम हुने भएकाले थप क्षति रोक्न आपत्कालीन अवस्था लागू गर्नुपर्नेछ ।

“मुग्लिङ सडकको पहिरोले आज बिहानै दुईवटा बस त्रिशुली नदीमा खस्दा करीब ६५ जना बेपत्ता भएका छन् । अरु केही गर्न नसके पनि एक दिनमा एक ४४ मिलिमिटरभन्दा बढी पानी परेको चेतावनी पाएपछि मुग्लिङ सडकमा आवागमन रोकेमा थप क्षति हुनबाट बच्न सकिन्छ”, भू–विपद् विशेषज्ञ उनले भने, “तत्काल सबै तहका सरकार खोजी तथा उद्धारमा संग्लन भई सुरक्षाका लागि सम्बन्धित सबै निकायलाई परिचालन गराउनुपर्छ ।”

पृथ्वीराजमार्ग र मुग्लिङ–नारायणगढ सडकमा ५ हजारभन्दा बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धारमा खटिनुपर्नेमा दाहालले जोड दिए । भू–विपद्को यो विषम् परिस्थितिलाई तत्काल उचित सम्बोधन गर्न आवश्यक रहेको उनले बताए ।

सम्बन्धित खबर