२०८१ कार्तिक ४, आइतवार , ०९:०९:४६ बजे

Sajhamanch
'

युक्रेनमा नाटोको विस्तार रुसका लागि ‘अस्वीकार्य खतरा’ हुने सङ्केत

शुक्रवार, असार २८, २०८१

झापा । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को युक्रेनमा विस्तार हुनु रूसको सुरक्षाका लागि ‘अस्वीकार्य खतरा’ भएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभएको छ । वासिङ्टनमा भएको नाटो शिखर सम्मेलनमा अस्ति बुधवार पारित संयुक्त घोषणापत्रमा ‘युक्रेनको भविष्य नाटो मै रहेको’ उल्लेख भएपछि पेस्कोभको यो टिप्पणी आएको हो ।

पेस्कोभले नाटोको गठबन्धन युक्रेनी द्वन्द्वमा पूर्ण रूपमा संलग्न रहेकाले यसको सैन्य पूर्वाधार क्रमिक रूपमा रूसको सीमातर्फ अघि बढिरहेको दाबी गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । शिखर सम्मेलनमा अपनाइएका उपायले रूसको राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न उपयुक्त कदम चाल्न बाध्य बनाएको क्रेमलिनका प्रवक्ता पेस्कोभले बताए।

नाटोलाई नियन्त्रण गर्न विचारशील, समन्वयात्मक र प्रभावकारी प्रतिकार्य उपायहरू बनाउन जरुरी रहेको रुसको भनाई छ ।

सम्बन्धित खबर