२०८१ पौष २४, बुधवार , १०:१९:२९ बजे

Sajhamanch
'

गाजा युद्धविराम प्रयास: इजिप्टका राष्ट्रपति र सीआईए प्रमुखबीच भेट

बुधवार, असार २६, २०८१

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले सीआइईएका निर्देशक विलियम बर्न्ससँग भेट गरेका छन्। सिसीको कार्यालयका अनुसार गाजापट्टीमा युद्धविराम सम्झौतासम्म पुग्न संयुक्त प्रयासमा पछिल्लो घटनाक्रमबारे छलफल भएको हो।यता कायरोमा अमेरिका र इजराइली प्रतिनिधिमण्डलले गाजा युद्धविराम प्रयासबारे छलफल गरेका छन् । मध्यस्थकर्ताहरू इजिप्ट र कतार गाजाका लागि युद्धविराम र बन्धकहरूको रिहाइको सम्झौतासम्म पुग्ने उद्देश्यले महिनौँदेखि वार्तामा संलग्न छन्। कुनै पनि युद्धविराम सम्झौताको पहिलो चरणमा दिगो इजराइली युद्धविराममा आफ्नो जिद्दी त्याग्न तयार रहेको सङ्केत हमासले दिएपछि हालका दिनमा वार्ता तीव्र भएको छ ।

इजराइली आँकडाअनुसार दक्षिणी इजराइलमा हमासले अक्टोबर ७ मा आक्रमण गर्दा एक हजार एक सय ९५ मानिसको मृत्यु भएको छ। युद्ध १०औँ महिनामा प्रवेश गरेको छ।हमासका लडाकूहरूले उक्त आक्रमणका क्रममा २५१ जनालाई बन्धक बनाएका छन् । तीमध्ये ११६ जना गाजामा रहेका छन् । सेनाका अनुसार गाजामा बन्धक बनाइएकामध्ये ४२ जना मारिएका छन्।

हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हमासविरुद्ध इजराइलको जवाफी आक्रमणमा अधिकांश सर्वसाधारणसहित कम्तीमा ३८ हजार २४३ जनाको मृत्यु भएको छ। एजेन्सी

सम्बन्धित खबर