२०८१ कार्तिक १, बिहिवार , ०६:४७:४७ बजे

Sajhamanch
'

सतासीका ४० जना शेयर सदस्यलाई डिजिटल मार्केटिङ्ग तालिम

मङ्गलवार, असार २५, २०८१

बिर्तामोड । सतासी बहुउद्देश्यीय सहकारी संस्थाले डिजिटल मार्केटिङ्ग सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न गरेको छ ।

बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाले असार २४ र २५ गते ४० जना शेयर सदस्यहरुको सहभागितामा उक्त तालिम सञ्चालन गरेको हो ।

उद्यम तथा व्यवसाय गरिरहेका संस्थाका शेयर सदस्यहरुलाई उनीहरुकै पेशा व्यवसायको मार्केटिङ्ग डिजिटल विधिबाट पनि गर्न सकिन्छ भन्ने सिकाउन तालिम आयोजना गरिएको प्रबन्धक सन्तोषकुमार श्रेष्ठ बताउँछन् ।

आफूले उत्पादन वस्तु वा सेवा वा व्यपार गरिरहेको बस्तु वा सेवाको बजारीकरण गर्न प्राविधिक ज्ञान उपलब्ध गराउने उद्देश्यले सो तालिम आयोजना गरिएको प्रबन्धक श्रेष्ठको भनाई छ ।

संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा सोमबार उद्घाटन गरिएको तालिमका सहभागीहरुलाई संस्थाको महिला उपसमिति संयोजक शर्मिला अधिकारीले शाब्दिक स्वागत गरेकी थिइन् ।

कार्यक्रमको संचालन लेखा तथा आईटी प्रमुख यादबप्रसाद घिमिरेले गरेका थिए ।

सम्बन्धित खबर