२०८१ कार्तिक ४, आइतवार , ०२:३३:५१ बजे

Sajhamanch
'

युक्रेनमा भएको पछिल्लो क्षेप्यास्त्र आक्रमणको अमेरिकी राष्ट्रपति बाइडेनद्वारा निन्दा

मङ्गलवार, असार २५, २०८१

झापा । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा गरेको पछिल्लो क्षेप्यास्त्र आक्रमणको निन्दा गरेका छन् । साथै उनले किएभको हवाई प्रतिरक्षालाई बलियो बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

रुसले हिजो युक्रेनको राजधानी किएभको एउटा बाल अस्पतालसहित मध्य र पूर्वी क्षेत्रमा दर्जनौँ मिसाइल आक्रमण गरेको थियो । आक्रमणमा ४१ जनाको ज्यान गएको छ । झन्डै २०० जना घाइते भएका छन् ।

राष्ट्रपति बाइडेनले अमेरिकाको वाशिङ्टनमा हुने नेटो शिखर सम्मेलनमा युक्रेनको हवाई प्रतिरक्षामा थप वृद्धिको घोषणा गरिने बताएको बीबीसीले जनाएको छ ।

युक्रेनको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बस्दैछ । राजधानी किएभमा भएको आक्रमपछि त्यहाँका मेयर भिटाली क्लित्सकोले आज शोकको दिनका रुपमा घोषणा गरेका छन् ।

सम्बन्धित खबर