२०८१ कार्तिक १, बिहिवार , ०२:३२:४८ बजे

Sajhamanch
'

कल्कीले तोड्यो जवानको रेकर्ड

मङ्गलवार, असार २५, २०८१

झापा । नाग अश्विनको निर्देशनमा बनेको प्रभासको साइन्स फिक्शन फिल्म ‘कल्की २८९८ एडी’ ले हालसम्म भारतमा ५१० करोडको व्यापार गरिसकेको छ । यो फिल्मले शाहरुख खानको फिल्म ‘जवान’ को रेकर्ड तोडेको हो ।

शाहरुखको फिल्म ‘जवान’ले १३ औँ दिन बक्स अफिसमा ५०१.०५ करोडको कलेक्सन गरेको थियो । कल्की २८९८ एडीलाई यो उपलब्धि हासिल गर्न ११ दिन मात्र लाग्यो ।

तर ‘बाहुबली २’ र ‘केजीएफ च्याप्टर २’ को तुलनामा यो फिल्म अझै पछाडि छ । ‘बाहुबली २’ ले सात दिनमा कूल ५३९ करोड र ‘केजीएफ च्याप्टर २’ ले सात दिनमा ५२३.७५ करोडको कुल कलेक्सन गरेको थियो।

‘कल्कि २८९८ एडी’ ले पहिलो साता ४१४ करोड कमाएको थियो । स्याकनिल्कको रिपोर्ट अनुसार शनिबारको कमाई अघिल्ली दिनको १६.७ करोड रूपैयाँको तुलनामा दोब्बरभन्दा बढी थियो। दसौँ दिन फिल्मको कलेक्सन ३४.१५ करोड थियो ।

योसँगै दोस्रो आइतबार अर्थात् ११ औँ दिन फिल्मले ४४.३५ करोड कमाएको छ । जसमा हिन्दी संस्करणको मात्र सङ्कलन २२.५ करोड रुपैयाँ छ ।

प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ सन् २०२४ को बहुप्रतिक्षित फिल्म मध्ये एक हो । चलचित्रले अग्रिम बुकिङमै राम्रो व्यापार गरेको थियो । नाग अश्विन निर्देशित फिल्ममा प्रभासका अलावा अमिताभ बच्चन, दीपिका पादुकोण, दिशा पटानी र कमल हासनको पनि महत्वपूर्ण भूमिका छ ।

यस फिल्ममा विजय देवरकोन्डा, मृणाल ठाकुर, एसएस राजामौली, राम गोपाल वर्मा, दुल्कर सलमानले क्यामियो गरेका छन्।

सम्बन्धित खबर