२०८१ कार्तिक ४, आइतवार , ०२:५०:१६ बजे

Sajhamanch
'

रुसले युक्रेनमा गरेको आक्रमणमा ४१ जनाको ज्यान गयो

मङ्गलवार, असार २५, २०८१

झापा । रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा ४१ जनाको ज्यान गएको छ । झण्डै २०० जना घाइते भएका छन् । रुसले हिजो युक्रेनको राजधानी कीभको एउटा बाल अस्पतालसहित मध्य र पूर्वी क्षेत्रमा हिजो दर्जनौँ मिसाइल आक्रमण गरेको थियो । हिजोको आक्रमणमा ४१ जनाको ज्यान गएको र १८४ जना घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

मारिनेमा तीन जना बालबालिका रहेका छन् । कीभको ओखमाटित बाल अस्पतालमा भएको आक्रमणले ठूलो चिन्ता सृजना गरेको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेनेस्कीले बताएका छन् । रुसले युक्रेनका सबैजसो ठूला उर्जा केन्द्रमा आक्रमण गरेर जनजीवन कष्टकर बनाएको अवस्थामा अस्पताल लक्षित आक्रमणले थप चिन्ता थपेको उनले बताएंका छन् ।

हिजो आक्रमणमा परेको बाल अस्पताल युरोपको सबैभन्दा महत्त्वपूर्ण अस्पतालमध्येकै एक थियो । यसले हजारौँ बालबालिकाको जीवन रक्षा र पुनर्स्थापना गर्दै आएको छ । हिजो रुसले युक्रेनका विभिन्न सहरमा ४० वटा भन्दा धेरै मिसाइल प्रहार गरेको खबरमा उल्लेख छ ।

हिजोको आक्रमणमा रुसले किन्जल हाइपरसोनिक मिसाइलको प्रयोग गरेको थियो । जुन रुसको सबैभन्दा उन्नत हतियार हो । किन्जल मिसाइल ध्वनिको गतिभन्दा १० गुणा छिटो उड्छ, यो मिसाइललाई रोक्न धेरै गाह्रो हुने युक्रेनी सेनाले जनाएको छ ।

पछिल्लो समय अमेरिका र युरोपले युक्रेनलाई अत्याधुनिक हतियार सहयोग गरेपनि रुसी सेनाको आक्रमण रोक्न हम्मेहम्मे परिरहेको छ।

सम्बन्धित खबर