२०८१ पौष २९, सोमवार , ०६:१७:१३ बजे

Sajhamanch
'

कर्णालीबाहेक सबै प्रदेशमा भारी वर्षाको सम्भावना

सोमवार, असार २४, २०८१

काठमाडौं । देशका केही प्रदेशमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली छ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर