२०८१ कार्तिक ५, सोमवार , ०१:४८:१३ बजे

Sajhamanch
'

ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री बन्नुहुन्छः बडू

आइतवार, असार २३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन् ।

कांग्रेस–एमालेबीच पहिलो चरणमा ओलीलाई प्रधानमन्त्री बनाउने समझदारी भएकाले त्यसको कार्यान्वयन हुनेमा आशंका नगर्न पनि उनले आग्रह गरे । आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद बडूले पहिलो चरणमा ओली र दोस्रो चरणमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दुई दलको समझदारी इमान्दारिताका साथ कार्यान्वयनमा जाने बताए ।

उनले दुई दल संविधानको ७६ (२) अनुसार सरकार बनाउन सहमतीमा आएको पनि स्पष्ट पारे । सांसद बडूले दुई दलबीच मुलुकलाई राजनीतिक स्थिरता दिनेगरी सरकारमा जाने सहमती भएको पनि दाबी गरे ।

सम्बन्धित खबर